सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैली छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

    एक युवतीसँग सम्बन्ध रहेका बेला जानकारी विना नग्न भिडिओ र फोटो खिची सम्बन्ध बिग्रिएपछि सार्वजनिक गरेको आरोप उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ती युवकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij