नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को पनि मुद्दा

नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को पनि मुद्दा

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को पनि मुद्दा

    काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    उनीविरूद्ध घुस लिएको उजुरीको अनुसन्धान गर्दा उक्त बराबरको रकम बिगो कायम हुन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए ।

    पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

    यसअघि अख्तियारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक रहँदा पौडेलले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij