रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

    काठमाडौं । जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए । हिजो थुनछेकको बहस नसकिएपछि रवि प्रहरी हिरासतमा बसेका थिए ।

    सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ जना पुगेको छ ।

    रवि लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij