लामिछानेसहितको मुद्दामा बहस सकियो, आजै आदेश आउने

लामिछानेसहितको मुद्दामा बहस सकियो, आजै आदेश आउने

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • लामिछानेसहितको मुद्दामा बहस सकियो, आजै आदेश आउने

    काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

    चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा रविविरुद्धको थुनछेक बहस बेलैमा सकिएकोले आजै आदेश गर्ने तयारी गरिएको हो ।

    चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले अदालतले आजै आदेश गर्ने तयारी गरेको हो ।

    साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाइएको थियो ।

    अदालतको थुनछेक आदेशसँगै लामिछाने छुट्ने वा थुनामा जाने आजै टुंगो लाग्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij