समस्याग्रस्त १९ सहकारीका बचतकर्ताले ३० दिनभित्र छुट मागदाबी पेस गर्न सक्ने

समस्याग्रस्त १९ सहकारीका बचतकर्ताले ३० दिनभित्र छुट मागदाबी पेस गर्न सक्ने

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • समस्याग्रस्त १९ सहकारीका बचतकर्ताले ३० दिनभित्र छुट मागदाबी पेस गर्न सक्ने

    काठमाडौं । समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका बचतकर्ताले मागदाबी पेस गर्न छुटेको भए समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३० दिनको मौका दिएको छ । समितिले बिहीबार सूचना प्रकाशित गर्दै  छुट दाबीका लागि ३० दिनको समय दिएको हो ।  
      
    यसरी दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता पाइसकेपछि बाँकी रहेको रकमबाट मात्रै पैसा फिर्ता पाउने समितिले प्रष्ट पारेको छ । छुट भएका बचतकर्ताले वेभसाइटमार्फत् दाबी पेस गर्नसक्ने उल्लेख गरिएको छ ।

    समितिले प्यासिफिक सेभिङ्ग एण्ड इन्भष्टमेन्ट को–अपरेटिभ लि., प्रभु बचत तथा ऋण सहकारी संस्थ, ओरेण्टल को–अपरेटिभ लि., गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लि., स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिङ, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिङ लि., शिवशिखर बहुउद्देश्यीय सहकारी लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लि., लुःनिभा बहुउछेश्यीय सहकारी संस्था लि., हाम्रो नयाँ कृषि सहकारी वित्तीय संस्था लि.,कृषि बहुउछेश्यीय सहकारी संस्था, सोसाइटल बहुउछेश्यीय सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालिगुराँस बहुउछेश्यीय सहकारी संस्था, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, गौतम श्री बहुउछेश्यीय सहकारी संस्थाका बचतकर्तालाई छुट मागदाबी पेस गर्ने अवसर दिएको हो ।

    bbb

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij