काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ ।
आजको बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची छ ।
अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन् ।
प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ ।
यद्यपि राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन् ।
यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले त्यसबारेमा बिहीबार नै निर्णय गर्ने बताएको छ ।
यस्ता छन् आजका बैठकको कार्यसूची:

