पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका –२, का ३१ वर्षीय सुनिल गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    बुधबार दिउँसो २ बजेतिर पाल्पाको माथागढी–७, रहबासबाट रुपन्देहीको खैरेनीतर्फ चुनढुङ्गा लिएर गएको लु २ ख ५९६५ नम्बरको टिप्पर माथागढी–५, को सुर्काबासस्थित भित्री सडकमा दुर्घटनामा परेको थियो । सो घटनामा परी टिप्पर चालक गुरुङ्को घटनास्थलमै मृत्यु भएको हो । 

    उक्त टिप्पर सडकदेखि दुईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । दुर्घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij