चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला

चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला

    काठमाडौं । चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान अब चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको हो ।

    माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड भोली बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको जनाइएको छ । 

    निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।

    नीजि र सार्वजनिक दुवै सवारीको हकमा यस्तो सहमती भएको हो। निकुञ्जले मोटरसाइकल लगायतका दुईपाङ्ग्रेलाई भने रातको बेलामा सो सडक भएर जान नपाउने नियमलाई यथावत राखेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij