रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

    काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो ।

    मंगलबार सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित ३२ जनालाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालत मुद्दा दर्ता गरेको हो । 

    प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो । पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ ।

    चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज ९मंगलबार० सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

    रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन,  लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको जनाइएको छ। उक्त मुद्दामा बुधबारदेखि बहस हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij