सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बीमा २० लाख पुग्यो

सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बीमा २० लाख पुग्यो

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बीमा २० लाख पुग्यो

    काठमाडौं । सरकारले सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारको बीमा २० लाख  पुर्याएको छ । पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मार्फत सरकारले यी कामदारको बीमा २० लाख रुपैयाँ पुर्याएको हो । 

    यसअघि यी कामदारको बीमा १५ लाख रुपैयाँ रहेको थियो । आधार शिविरका कामदारको भने १५ लाख बराबर बीमा पुगेको छ । यसअघि यी कामदारको बीमा ८ लाख रुपैयाँ थियो ।

    पर्वतारोहण दलले पर्वतारोहणमा जानुअघि साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी नफर्केसम्म सरकारबाट मान्यता प्राप्त बीमा कम्पनीसँग व्यक्तिगत दुर्घटना बीमा गराउनुपर्ने प्रावधान छ । सम्पर्क अधिकृतका लागि १५ लाखको बीमा तोकिएको छ ।

    यस्तै, सरकारले हिमाल आरोहणमा खटिने कामदारको ज्याला पनि बढाएको छ । यसअघि दैनिक भत्ता ४ सय रुपैयाँ रहेको सरदारको ज्याला अब दैनिक १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् ।

    यसअघि यस्ता कामदारको दैनिक ज्याला ३ सय ५० रुपैयाँमात्र तोकिएको थियो । आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार पुगेको छ । यसअघि दैनिक ३ सयमात्र थियो ।

    ३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij