शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गुल्मीको देउराली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप (पत्र दायर गरेको हो।

    गैरकानुनीरुपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई एवं गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको ठहरसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।

    देउराली माध्यामिक विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटा,तत्कालीन प्रधानाध्यापक ता विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य सचिव मित्रलाल पाण्डे, विद्यालयका सहायक (लेखा) प्रेम नारायण पाण्डेय र विद्यालय व्यवस्थापन समितिका  तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर,लक्ष्मी भण्डारी न्यौपाने,पदमपानी पाण्डे,सरस्वती पाण्डे,ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

    उनीहरूविरुद्ध ८  लाख ८७ हजार ८ सय ८० रुपैयाँ बिगो, कैद र जरिवाना सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ।

    अध्यक्षको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता गरेको उजुर परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अंग्रेजी,गणित वा विज्ञान विषयको शिक्षण सिकाइ अनुदान कार्यक्रमअन्तर्गतको रिक्त शिक्षक पदम नियुक्ति गर्ने प्रयोजनका लागि आएको शिक्षण सिकाइ अनुदानको रकममा अनियमितता गरेको खुल्न आएको अख्तियारको ठहर छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij