पृथ्वी राजमार्गमा ट्रक र कार आपसमा ठोक्किँदा एक जना घाइते, सडक एकतर्फी

पृथ्वी राजमार्गमा ट्रक र कार आपसमा ठोक्किँदा एक जना घाइते, सडक एकतर्फी

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • पृथ्वी राजमार्गमा ट्रक र कार आपसमा ठोक्किँदा एक जना घाइते, सडक एकतर्फी

    काठमाडौं । पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छिन् । चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।

    दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरीले जनाएको छ । उपाध्यायको टाउकोमा चोट लागेको छ । 

    तर, अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । 

     दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij