आजदेखि काठमाडौं र ललितपुरका यी स्थानमा ८ दिनसम्म विद्युत् अवरुद्ध हुने

आजदेखि काठमाडौं र ललितपुरका यी स्थानमा ८ दिनसम्म विद्युत् अवरुद्ध हुने

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • आजदेखि काठमाडौं र ललितपुरका यी स्थानमा ८ दिनसम्म विद्युत् अवरुद्ध हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक(फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

    प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

    आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा  विद्युत सेवा अवरुद्ध हुनेछ ।

    यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij