दुई दिनको मौसम : पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना

दुई दिनको मौसम : पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • दुई दिनको मौसम : पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

    महाशाखाका अनुसार भोलि गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ । भोलि अरु प्रदेशमा भने आंशिक बदली रहनेछ ।

    यतिबेला भने पहाडी तथा हिमाली भेगको मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको छ ।

    मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हुस्सु र कुहिरोका कारण तराई भेगमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij