काठमाडौं । बुटवलबाट भैरहवाका लागि छुटेको ट्रकसँग ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बुटवलबाट भैरहवा जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकसँग सोही दिशातर्फ जाँदै गरेको लु ९४ प ८५९४ को स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटर चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १० रुपन्देहीका ६५ वर्षका धनबहादुर पुनको निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार दुर्घटनामा गम्भीर घाइते पुनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नवलपरासीका पूर्णबहादुर गुरौ छन् । उनलाई तिलोत्तमा नगरपालिका ड्राइभर टोलबाट नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।