तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस
    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।
          
    बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेको हो। राष्ट्रियसभामा उत्पति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।
           
    उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरुबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराए। 
     
    समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रियसभा अर्को बैठक यही माघ २४ गते बिहीबार १ः१५ बस्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij