काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । जिसस प्रमुख थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार पक्राउ गरेको हो ।
उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका हुन् । यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।