काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले आफ्नाे कार्यालयमा व्यवसाय दर्ता गरेका व्यवसायीलाई करदाता शिक्षा कार्यक्रम आयोजना गरेको छ । नयाँ वानेश्वर व्यापार व्यवसायी संघ सॅंगको संयुक्त आयोजनामा राजस्व कार्यालय वानेश्वरले शुक्रबार बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीलाई लक्षित गरी करदाता शिक्षा कार्यक्रम आयोजना गरेको हाे ।

कार्यक्रममा बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी ( सूचक संस्था) लाई जारी गरिएको निर्देशन २०७७ का परिमार्जित व्यबस्थाका सन्दर्भमा कर अधिकृत भवानी प्रसाद पौडेलले प्रस्तुती गरेका थिए । सुनचांदी व्यवसायिले कच्चा पदार्थको सहज र पर्याप्त उपलब्धताका लागि पहल गरिदिनसमेत उनले अनुरोध गरेका थिए ।
यस्तै सुनको मूल्य विगत चार वर्षको तुलनामा धेरै बढेको हुंदा प्रति ग्राहक दश लाखको सिमा अनुसार अभिलेख राख्न व्यवहारिक नभएकोले सोमा पुनराबलोकन गरिनुपर्ने अधिकांश व्यबसायिको सुझाव रहेको थियो ।
कार्यक्रममा नयां वानेश्वर व्यापार व्यवसायी संघका अध्यक्षले प्रचलित कानूनको सबैले पालना गर्नुपर्ने एवं व्यवसायमैत्री कानूनी व्यबस्था एवं वातावरण अहिलेको आवश्यकता रहेको बताएका थिए ।

प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले व्यवसायीका जिज्ञासाहरु सम्बोधन गर्दै वार्षिक दश करोड भन्दा बढीको कारोबार गर्नेले Computer Billing तथा पच्चिस करोड भन्दा बढीको कारोबार गर्नेले Central Billing Monitoring System ( CBMS) मा अनिवार्य आवद्द हुन, सूचक संस्थाले पालना गर्नुपर्ने प्रावधानमा संवेदनशील हुन र व्यवसायिक कारोबार बापत प्राप्त हुने कुनै रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाईने व्यबस्थाको परिपालना गर्न जोड दिएका थिए ।
Ignorance of law is no excuse हुने कानूनी मान्यता अनुरूप करदाताहरुलाई सूसूचित गर्न यस्ता कार्यक्रम निकै उपयोगि रहेको निष्कर्ष सहित कार्यक्रम समापन गरिएको थियो । उक्त कार्क्रमको संचालन कर अधिकृत बेद प्रसाद खनालले गरेका थिए ।