झापामा कुटपिटबाट एक जनाको मृत्यु

झापामा कुटपिटबाट एक जनाको मृत्यु

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • झापामा कुटपिटबाट एक जनाको मृत्यु

    काठमाडौं । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij