भारतमा सवारी दुर्घटनामा मृत्यु भएका ५ नेपालीको सनाखत

भारतमा सवारी दुर्घटनामा मृत्यु भएका ५ नेपालीको सनाखत

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • भारतमा सवारी दुर्घटनामा मृत्यु भएका ५ नेपालीको सनाखत

    काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ ।तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन् ।

    दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा  श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् । 

    दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो ।

    दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मंदिर नजिक भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij