महाकुम्भ मेलाबाट फर्किँदा गाडी दुर्घटना, एकै परिवारका ५ नेपालीको मृत्यु

महाकुम्भ मेलाबाट फर्किँदा गाडी दुर्घटना, एकै परिवारका ५ नेपालीको मृत्यु

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • महाकुम्भ मेलाबाट फर्किँदा गाडी दुर्घटना, एकै परिवारका ५ नेपालीको मृत्यु

    काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।

    दुर्घटनालगत्तै घटनास्थलनजिक सयौँ मानिस भेला भएका थिए । उपचारका निम्ति घाइतेलाई त्यहाँको श्रीकृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij