काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई हट्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हाे ।
सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानले जनाएको छ ।
मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्दा आईसीसी टी-२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो ।
मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।
मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ ।
