काठमाडौं । नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार एमालेद्वारा गैँडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला बेहोस भएका थिए ।
बसिरहेका बेला कुर्सीमै बेहोस भएपछि उपचारका लागि चितवन लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । युवा संघ नवलपुरको १० औँ अधिवेशन उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएर उनी कुर्सीमा आएर बसेका थिए ।
हृदयघातका कारण उनकाे मृत्यु भएको हाे ।