त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा, बिहान कतिवजेदेखि खुल्छ ?

त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा, बिहान कतिवजेदेखि खुल्छ ?

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • त्रिभुवन विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा, बिहान कतिवजेदेखि खुल्छ ?

    काठमाडौं । पूर्वाधार विस्तारका कारण गएको कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ ।

    पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने प्राधिकरणाले जनाएकाे छ । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    विमानस्थलभित्र हाल तीनवटा आयोजनाको काम भइरहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत मात्र पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रूपैयाँ लाग्ने प्राधिकरणले जनाएको  छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij