काठमाडौं । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा अच्युत कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो ।
नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनकाे शरीरमा कुनै चोटपटक नदेखिएकाे प्रहरीले जनाएकाे छ । उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।
उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।