सभामुखलाई रवि लामिछानेले बुझाए निलम्बन फुकुवाको निवेदन

सभामुखलाई रवि लामिछानेले बुझाए निलम्बन फुकुवाको निवेदन

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • सभामुखलाई रवि लामिछानेले बुझाए निलम्बन फुकुवाको निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।

    उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको जनाइएको छ।

    सभामुखसमक्ष बुझाएको निवेदनमा अदालतले आफूलाई  थुनामुक्त गरेको  उल्लेख गरेका छन् । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।

    राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij