६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात

६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात

    काठमाडौं ।  चालु आर्थिक वर्षको ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार ६ महिनामा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९ लाख ३ हजार ९ सय ७३ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो । 

    जसमध्ये ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको ४ लाख ४९ हजार ३ सय ५१ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट, ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको ४ लाख ५४ हजार ६ सय २२ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । 

    साथै ११ हजार रुपैयाँको ४ सय ७५ किलो हाइड्रोलिक सिमेन्ट निर्यात भएको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र श्रृष्टि ब्रान्डका नेपाली सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन्।

    सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिंकर निर्यात बढ्न थालेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij