तनहुँ जलविद्युत् आयोजनाका प्रभावित १ सय १ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ जलविद्युत् आयोजनाका प्रभावित १ सय १ परिवारलाई क्षतिपूर्ति वितरण

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • तनहुँ जलविद्युत् आयोजनाका प्रभावित १ सय १ परिवारलाई क्षतिपूर्ति वितरण

    काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

    आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी १ सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो ।

    क्षतिपूर्ति रकम अधिकतम ३ लाख रुपैयाँ र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजना प्रमुख भण्डारीले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कंक्रिटिङको काम जारी छ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij