त्रिदेशीय महिला टी–२० क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

त्रिदेशीय महिला टी–२० क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • त्रिदेशीय महिला टी–२० क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

    काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

    हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

    प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड, पर्सि नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ ।

    यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन् । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij