बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा बस र मिनी ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक बिहीबार दिउँसो एक आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक हिरा पुन मगरकोको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो ।

    सोही दुर्घटनामा परेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij