हमासले रिहा गर्यो ३ इजरायली र ५ थाइ नागरिक

हमासले रिहा गर्यो ३ इजरायली र ५ थाइ नागरिक

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • हमासले रिहा गर्यो ३ इजरायली र ५ थाइ नागरिक

    काठमाडौं । हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई रिहा गरेको छ । हमासले विहीबार बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकलाई रिहा गरेको हो । 

    उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

    इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका छन् ।यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त गरेका छन् । थाइ नागरिकहरू भने दक्षिण इजरायलमा मजदुरी गरिरहेका बेला हमासको फन्दामा परेका थिए ।

    अर्बेललाई हमासले गाँजा क्षेत्रबाट रेडक्रसको जिम्मा लगाइएको जनाइएको छ । हमासले इजरायली नागरिकलाई रिहा गरेपछि इजरायलको जेलमा रहेका ११० जना प्यालेस्टाइनी नागरिकलाई छाड्‍ने तयारी गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij