अध्यादेशको विरोध गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

अध्यादेशको विरोध गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • अध्यादेशको विरोध गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हाे ।

    मुठीभर व्यक्ति र व्यवसायीहरूका लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरू गर्ने तयारी गरेको पार्टीले जनाएकाे छ । सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको पार्टीकाे धारणा छ ।

    सरकारले संरक्षित क्षेत्रका जमिनहरु समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई  दिने र गिरीबन्धु जस्ता जग्गालाई वैध बनाउने कामको विरोध गर्ने निर्णय समेत एकीकृत समाजवादीले गरेकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij