यातायात कार्यालयद्वारा छ महिनामा २९ करोड १ लाख राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा छ महिनामा २९ करोड १ लाख राजस्व सङ्कलन

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • यातायात कार्यालयद्वारा छ महिनामा २९ करोड १ लाख राजस्व सङ्कलन

    काठमाडौँ । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक बर्ष २०८१/८२ को छ महिनाका अवधिमा २९ करोड १ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आर्थिक बर्ष २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड १ लाख ७५ हजार ६ सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

    कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आर्थिक बर्षको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार १ सय ४९ रुपैयाँ, सवारी करबाट ४ करोड ५३ लाख ६८ हजार ३ सय ३१ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ४ करोड ५६ लाख ७० हजार ८ सय ११ रुपैयाँ, सङ्घीयता तर्फ १ करोड ८१ लाख २५ हजार १ सय ८० रुपैयाँ तथा बेरुजुबाट ८ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    यस्तै चालु आर्थिक बर्ष को सो अबधीमा मोटरसाईकल १ हजार २ सय ८० वटा, साना सवारी ५ सय १३ वटा, टेम्पो/ई–रिक्सा ३ सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी २ हजार ४ सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अबधीमा नयाँ २ हजार १ सय ६३ र वर्ग थप १ हजार ४ सय ४८ गरी ३ हजार ६ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

    यस्तै सो अबधीमा २ हजार ९ सय ८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा ५६ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij