६ महिनामै भित्रियो १६ अर्ब ७१ करोडको स्मार्ट फोन

६ महिनामै भित्रियो १६ अर्ब ७१ करोडको स्मार्ट फोन

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • ६ महिनामै भित्रियो १६ अर्ब ७१ करोडको स्मार्ट फोन

    काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा १६ अर्ब ७१ करोडको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्ममा १६ लाख ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५ सय ५६ थान स्मार्ट फोन नेपाल भित्रिएको  जनाएको हो।

    उक्त फोन आयात गर्दा सरकारले ३ अर्ब ११ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । नेपालमा पछिल्लो ६ महिनामा भित्रिएको तथ्यांकअनुसार मासिक औसत २ अर्ब ७८ करोड ५६ लाख रुपैयाँको मोबाइल आयात भएको देखिएको छ । 

    मोबाइल आयातको तथ्यांक घटेको छ भने मूल्य बढेको छ । पछिल्लो ६ महिनामा ११ लाख वटा १६ अर्बको मोबाइल आयात भएको छ । यस्तो आयात औसतमा १५ हजार रुपैयाँका छन् । 

    नेपालीले महँगा मोबाइल बोक्न थालेका कारण पछिल्लो ६ महिनामा नै अस्वाभाविक आयात भएको देखिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij