काठमाडौं । अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ । उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।
अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएका थिए ।
विमान बम्बार्डियर कम्पनीको सीआरजे ७०० मोडलको थियो र वाशिंगटनबाट कान्सास गइरहेको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनापछि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।
अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ । दुर्घटनापछि ठूलो संख्यामा उद्धार टोली, १० भन्दा बढी एम्बुलेन्स र ट्रक घटनास्थलमा पुगेका छन्।