अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । 

    सापकोटाले छ सय ८६ र राईले छ सय १५ मत ल्याएका हुन् ।

    सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकट र राई उपमहासचिव जनार्दन शर्मा निकटका मानिन्छन् ।

    उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल तथा महासचिवमा रोशन थापा मगर र फूलमाया रानामगर निर्वाचित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij