काठमाडौंका यी स्थानमा २ दिन पाँच घण्टा बत्ती नआउने

काठमाडौंका यी स्थानमा २ दिन पाँच घण्टा बत्ती नआउने

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौंका यी स्थानमा २ दिन पाँच घण्टा बत्ती नआउने

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । 

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र बिजुली जानेछ । 

    भोलि केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । 

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij