महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो

महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भागदौडमा अन्य ६० जना बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म २५ मृतकको सनाखत भएको कुम्भ मेलाको सुरक्षा हेरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

    तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।

    १२ वर्षपछि मनाइदै गरेको फेब्रुअरी २६ सम्म चल्ने यस महाकुम्भ मेलामा ४५ करोडभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij