किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला

किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • किष्ट अस्पतालको शौचालयमा एक युवक मृत फेला

    काठमाडौं । ललितपुरको  किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् ।

    ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित अस्पताल भित्रको इमरजेन्सी पछाडि रहेको शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् । रावल सोही नगरपालिकाको वडा नम्बर ८ का निवासी रहेको प्रहरीको भनाई छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij