काठमाडौंका यी स्थानमा ४ दिन पाँच घण्टा बत्ती नआउने

काठमाडौंका यी स्थानमा ४ दिन पाँच घण्टा बत्ती नआउने

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौंका यी स्थानमा  ४ दिन पाँच घण्टा बत्ती नआउने

    काठमाडौं । काठमाडौंका केही स्थानमा मंगलबारदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। 

    नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा  बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। 

    बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। 

    शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ।

    कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij