काठमाडौं । विभिन्न सेवाका २० जना शाखा अधिकृत सम्बन्धित सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी शिक्षा सेवाको नौ जना र बाँकी विभिन्न सेवातर्फका ११ जना गरेर २० जना बढुवाका लागि सिफारिस भएका हुन् ।
बढुवा सूची अनुसार कार्यक्षमताको आधारमा बढुवा समितिको बैठकले नेपाल शिक्षा सेवाको शिक्षा प्रशासन समूहतर्फका ८ जना शाखा अधिकृत सोहि सेवा तथा समूहतर्फको उपसचिवमा बढुवा भएका हुन् ।
बढुवा हुनेमा पहिलो नम्बरमा हरि राउत, दोस्रो नम्बरमा कर्णबहादुर बुढाथोकी, तेस्रो नम्बरमा राजनकुमार गेलाल, चौथो नम्बरमा मोहनबहादुर सुनुवार, पाचौँ नम्बरमा जानुका गुरागाईँ, छैटौ नम्बरमा शालिग्राम दाहाल, सातौ नम्बरमा इन्दिरा खड्का र आठौ नम्बरमा भवानीप्रसाद कट्टेल रहेका छन् ।