वीरगंजको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगंजको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • वीरगंजको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद

    वीरगञ्ज । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार ७ सय  रुपैयाँ मूल्य बराबरका  कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ । 

    प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले आज वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij