न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

    काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ ।

    सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ । सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणा पत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

    दश दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा सिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकामा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij