‘यूएसएड’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन अर्थ मन्त्रालयको निर्देशन

‘यूएसएड’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन अर्थ मन्त्रालयको निर्देशन

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • ‘यूएसएड’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग 'यूएसएड' अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ ।

    अमेरिकी सरकारले तीन महिनाका लागि सबै प्रकारका अनुदान रोकेको पत्र अर्थ मन्त्रालयलाई यसअघि नै पठाइसकेको छ । अर्थ मन्त्रालयले आज सूचना निकालेर स्थगित भएका आयोजनाअन्तर्गत यूएसएड स्राेततर्फ कुनै पनि दायित्व सिर्जना हुनेगरी काम नगर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको हो ।

    नेपाल र यूएसएडबीच सन् २०२२ को मे ५ तारिखमा ६९ करोड ८० लाख अमेरिकी डलर अर्थात् ९४ अर्ब २३ करोड रुपैयाँको विकास उद्देश्य सम्झौता भएको थियो ।

    रोकिएको अनुदान सहायतामध्ये सबैभन्दा ठूलो विकास उद्देश्य सम्झौताअन्तर्गतका परियोजना पनि समावेश छन् । यो आयोजनाअन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा र समावेशी विकास कार्यक्रम सञ्चालनमा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij