अदालतमा उपस्थित भए उमागौरी सहकारीका अध्यक्ष, बयान नसकिएपछि प्रहरीको जिम्मा

अदालतमा उपस्थित भए उमागौरी सहकारीका अध्यक्ष, बयान नसकिएपछि प्रहरीको जिम्मा

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • अदालतमा उपस्थित भए उमागौरी सहकारीका अध्यक्ष, बयान नसकिएपछि प्रहरीको जिम्मा

    काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएका अध्यक्ष शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् ।

    सहकारी ठगी मुद्दा अदालतमा दर्ता भएपछि अध्यक्ष रौनियार फरार थिए ।

    उनी सोमबार दिउँसो अदालतमा उपस्थित भए पनि बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतले जनाएकाे छ ।

    अध्यक्ष रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान जारी छ । मंगलबार उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

    सहकारीको बचत अपचलन मुद्दामा अध्यक्ष रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना आरोपी छन् ।

    सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो मागदाबीसहित मंसिर २७ गते मुद्दा दायर गरिएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    मुद्दामा सांसद पोखरेल पत्नी अन्जलालाई १० लाख धरौटीमा रिहा गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij