धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ पुनः पक्राउ

धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ पुनः पक्राउ

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • धरौटीमा रिहा भएलगत्तै आशिका तामाङ पुनः पक्राउ

    काठमाडौं । आशिका तामाङ धरौटीमा रिहा भए लगतै फेरि पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङलाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको छ ।

    उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज १० हजार धरौटी बुझाएर रिहा भएकी हुन् । लगत्तै उनलाई भक्तपुरमा पनि पक्राउ पुर्जी जारी भएकाले काठमाडौ प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो । उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् ।

    पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij