पाथीभरामा केबलकार निर्माण विरुद्ध काठमाडौंमा आन्दोलन

पाथीभरामा केबलकार निर्माण विरुद्ध काठमाडौंमा आन्दोलन

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • पाथीभरामा केबलकार निर्माण विरुद्ध काठमाडौंमा आन्दोलन

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणकार्य अघि बढाएसँगै तनाव पनि चुलिएको छ । गत कात्तिक २३ गते संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरेसँगै आन्दोलन पनि बढेको हो ।

    अब आन्दाेलन ताप्लेजुङमा मात्रै सीमित नभएर काठमाडौंमा पनि पसेको छ । सोमबार ताप्लेजुङमा केबलकार बन्न नहुने पक्षमा उभिएकाहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका छन् ।

    उनीहरूले सोमबार काठमाडौंको कमलादीस्थित ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालयमा घेरेर प्रदर्शन गरेका छन् । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूले ग्लोबल आईएमईको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।

    त्यसक्रममा केबलकार सञ्चालक आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालविरुद्ध नाराबाजीसमेत गरे । उनीहरूले बलजफ्ती गरेर अघि बढेमा अझै कडा रुपमा प्रतिरोध थाल्ने चेतावनीसमेत दिएका छन् । 

    पाथीभारामा निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले ठेक्का लिएर केबलकार निर्माण अघि बढाएको छ । ताप्लेजुङको पाथिभरा मुकुलुङ क्षेत्र आदिवासी लिम्बूहरूको पवित्र धार्मिकस्थल रहेकाले त्यहाँ कुनै निजी कम्पनीलाई नाफाका लागि केबलकार निर्माण गर्न नहुने आवाज उठिरहेको छ ।

    लिम्बूहरूको धार्मिक आस्थाको धरोहर मुकुलङमा जथाभावी वन फँडानी भएको भन्दै विरोध भएको थियो । प्रकृतिपूजक लिम्बूहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू रहेकाले विनाश गर्न नपाइने आवाज उठिरहेको छ ।

    त्यहीकारण एउटा निजी कम्पनी पोस्ने गरी जंगल फडानी गरेर केबलकार बनाउँदा हिमाली चराचुरूङ्गी, रेडपान्डासहितका वन्यजन्तुहरू सखाप हुने आदिवासी जनजातिहरूले तर्क गरिरहेका छन् । उनीहरूले नै सोमबार चन्द्र ढकाल सञ्चालक रहेको ग्लोबल आईएमई बैंक पनि घेरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij