सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने, आइतबार मात्र अदालत उपस्थित हुने

सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने, आइतबार मात्र अदालत उपस्थित हुने

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने, आइतबार मात्र अदालत उपस्थित हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् । 

    आज (शुक्रबार) उनी हवाईमार्गबाट काठमाडौँ आउने तयारी थियो तर श्रीमती निकिता पौडेलसहित पार्टीका साथीको संख्या धेरै भएर हवाई टिकट नपाएपछि गाडीमै आउने भएका हुन् । 

    सुरुमा लामिछानेको सचिवालयले उनी आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारी रहेको जनाए पनि गाडीमा आउनुपर्ने भएपछि अब आइतबार मात्र अदालतमा हाजिर हुने भएका छन् ।      

    भोलि पनि शनिबार परेकाले रवि अब पर्सि आइतबार मात्र जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनेछन् । 

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भए पनि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा पनि मुद्दा चलेकाले लामिछाने यहाँको जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको हो । 

    उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन तथा पर्साको सानो पाइला सहकारी ठगीको पनि अभियोग छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij