काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन ।
यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ ।