गौशालाको बागमती होटलमा युवती मृत अवस्थामा भेटिइन्

गौशालाको बागमती होटलमा युवती मृत अवस्थामा भेटिइन्

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • गौशालाको बागमती होटलमा युवती मृत अवस्थामा भेटिइन्

    काठमाडौं । काठमाडौँको गौशालास्थित बागमती होटलमा युवती मृत फेला परेकी छिन् । काठमाडौ कागेश्वरी मनोहरा घर भएकी सुस्मीता खड्का मृत फेला परेकी हुन् ।

    अहिले काठमाडौं प्रहरी परिसरको टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घट्ना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका गरेपछि गौशला वृत्तको प्रहरी टोलीले ढोका फोडेर हेर्दा उनी मृत भेटिएकी थिइन ।  उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् ।  

    मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij